२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्ववडाध्यक्ष राई अब धरानको मेयर उम्मेदवार, कसरी जिते हर्कको मन?



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ९२
  • सुनसरी, जेठ १४ - श्रम संस्कृति पार्टीले २०८४ सालको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदका लागि धनबहादुर राईलाई उम्मेदवार घोषणा गरेको छ।

    धनबहादुर राई धरान–४ का पूर्ववडाध्यक्ष हुन्। उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। राईले तत्कालीन मेयर हर्कराज राई (साम्पाङ)लाई सहयोग गर्दै आएका थिए र धरानमा साम्पाङको अभियानमा एक्लै साथ दिने वडाध्यक्षका रूपमा परिचित थिए।

    एमालेले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि राईले वडाध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसपछि, गत फागुन १६ गते उनी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। पार्टीले उनलाई मेयर पदको उम्मेदवार घोषणा गरेपछि राईले साम्पाङलाई धन्यवाद व्यक्त गरेका छन्।

    राईका साथै धरानमा मेयरका लागि दिनेश राई, निनाचन्द्र राई, सुमन श्रेष्ठ पनि पार्टीबाट आकांक्षी थिए।

    यस्तै, श्रम संस्कृति पार्टीले भर्खरै प्रवेश गरेका सुदन किरातीलाई कोशी प्रदेशको प्रस्तावित मुख्यमन्त्री पदको उम्मेदवारको रूपमा अघि सार्ने तयारी पनि गरिरहेको छ।