१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पत्नी निकिता र पार्टीका वरिष्ठ नेताहरूसहित भारत भ्रमणमा निस्किए रास्वपा सभापति रवि लामिछाने



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ७५
  • काठमाडौं, जेठ १८ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आइतबार नयाँ दिल्ली प्रस्थान गरेका छन्।

    भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा उनी भारत गएको जनाइएको छ। भ्रमणका क्रममा लामिछानेले विभिन्न राजनीतिक तथा कूटनीतिक व्यक्तित्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

    लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा प्रदीप आचार्य पनि दिल्ली गएका छन्।

    प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा चर्चा भइरहेका बेला लामिछानेको भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।

    निर्धारित कार्यक्रमअनुसार उनी जेठ २२ गते स्वदेश फर्किनेछन्।