१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमाले अझ बलियो बन्छ, फुटको चर्चा निराधार हो : योगेश भट्टराई



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ९१
  • काठमाडौं, असार १ - नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र पुनर्गठनको प्रक्रिया अगाडि बढ्ने भए पनि एमाले विभाजन नहुने बताएका छन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले एमाले अझ सुदृढ र एकताबद्ध बन्ने दाबी गरेका छन्। उनले पार्टीभित्र देखिएका असन्तुष्टि र मतभेदलाई संवाद तथा सुधारमार्फत समाधान गरिने उल्लेख गरेका छन्।

    ‘ढुक्क रहनुहोस्, एमाले पुनर्गठनको बाटोमा अघि बढ्नेछ। पार्टी फुट्ने वा टुट्ने अवस्था आउने छैन,’ उनले लेखेका छन्।

    भट्टराईका अनुसार पुनर्गठनको प्रक्रियाले पार्टीभित्रको एकतालाई थप मजबुत बनाउनेछ। सबै नेता–कार्यकर्ताको सम्मान सुनिश्चित हुने र संगठनलाई अझ प्रभावकारी बनाइने उनको भनाइ छ।

    उनले आगामी दिनमा पार्टीको सोच, कार्यशैली र गतिमा समेत सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।