८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कलुवापुर–बेलौरी सडक धुलाम्य,स्थानीय आक्रोशित

पटक(पटक ठेकेदार र सरोकारवालालाई सडकको अवस्थाबारे जानकारी गराउँदा समेत स्तरोन्नतीको पहल नभएको स्थानीय रण बहादुर ऐरले  बताए ।



  • सिमोन भट्टराई
  • १ बर्ष अघि
  • पाठक संख्या १८९
  • कञ्चनपुरको कलुवापुर-बेलौरी सडक कालोपत्रेको माग गर्दै स्थानीय आक्रोशित आन्दोलित भएका छन्। शुक्लाफाँटा नगरपालिका–११ का स्थानीयले आइतबार  सडक कालोपत्रेको माग गर्दै चक्काजाम गरेका हुन्। 

    सडक धुलाम्मे हुँदासम्म सरोकारवालाले कालोपत्रे गर्न चासो नदिएको स्थानीयको आरोप छ।पटक(पटक ठेकेदार र सरोकारवालालाई सडकको अवस्थाबारे जानकारी गराउँदा समेत स्तरोन्नतीको पहल नभएको स्थानीय रण बहादुर ऐरले  बताए । 

     ‘वर्षौदेखि यो सडक अलपत्र अवस्थामा छ, सडक कहीले धुलो र कहीले हिलाम्य हुन्छ,’ स्थानीय मोहनराज पन्तले भने,‘सडकमा उड्ने धुलोबाट बिरामी भइरहेका छौं, सडक छेउका घरहरुमा बस्न सकिने अवस्था छैन्।’निर्माण व्यवसायी र सरोकारवालाले सडकमा तत्काल पानी छर्कनुपर्ने उनको भनाई छ।

    धुँवा धुलोका कारण स्वास्थ्यमा असर गरिरहेको स्थानीय ज्ञानी साउँदले बताए । ‘चार दशकदेखि कालोपत्रेको पर्खाइमा रहेको बेलौरी–कलुवापुर सडकखण्ड निर्माणमा बारम्बार यहाँका नेताहरुले चुनावी नारा लगाउँछन्,’ उननी भन्छन्, ‘जहिल्यै नेताहरुले जनतालाई झुक्क्याउने र ठेकेदारले समेत बेलाबेलामा सडक निर्माण गर्छु भन्दै प्रतिबद्धता जनाएर सर्वसाधारणलाई ठग्ने कार्य मात्रै गरेको छ।’ 

    कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रेका लागि २०७३ भदौ १७ गते सन्तोषी थेगिम जेभी र पूर्वाधार विकास कार्यालय कञ्चनपुरबीच सम्झौता भएको थियो। सम्झौता अनुसार २०७५ भदौ १५ गतेसम्म कालोपत्रे गरिसक्नु पर्ने हो। 

    तर, निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्रेको काम अधुरै छ। कलुवापुर–बेलौरी सडकखण्ड स्तरोन्नती नहुँदा यहाँका नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् ।