१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा लेवानोनसँग खेल्ने



  • क्वालिटी खबर
  • ३ बर्ष अघि
  • पाठक संख्या ३२५
  • खेलकुद- सावित्रा भण्डारीको अर्को उत्कृष्ट प्रदर्शनमा नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ।

    साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक-एक गोल गरेपछि नेपालले सहज जित हात पारेको हो।