१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुन प्रकरणमा अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पक्राउ

नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पक्राउ परेका छन्



  • क्वालिटी खबर
  • २ बर्ष अघि
  • पाठक संख्या ३८४
  • काठमाडौं : नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पुनलाई काठमाडौंको धापासी-टोखा क्षेत्रबाट पक्राउ गरिएको हो।

    सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दीपेशलाई कारबाही गर्न सिफारिस गरेको थियो। प्रहरीले पुनमाथि थप अनुसन्धान सुरू गरेको छ।

    गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए। सोही विषयमा छलफल गर्न बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।