२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

डढेलोमा जलेकी बालिकाको मृत्यु



  • सिमोन भट्टराई
  • २ बर्ष अघि
  • पाठक संख्या ४२१
  • कालिकोट - खाडाचक्र नगरपालिका-५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको आगोले जलेर घाइते भएकी बालिकाको ज्यान गएको छ। आगोमा घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईको मृत्यु भएको हो। उनको सोमबारै सुर्खेतस्थित गिरीघाट खोलामा दाहसंस्कार गरिएको छ।

    शुक्रबार घरमुनिको वनमा बुबासँग बाख्रा चराउन गएकी बालिका बुबा नन्दाराम चौलागाईसँगै आगोले पोलिएर घाइते भएकी थिइन्। घाइते बालिकालाई मान्म हुँदै जुम्लाबाट शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत लगिए पनि उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको प्रहरीको भनाइ छ।

    वनमा चराउन लिएका उनीहरूका ४५ वटा बाख्रा सबै मरेका छन्। घरमा रहेका २ दिनका ६ वटा पाठा पनि दुध खान नपाएर मरेको बताइएको छ। आगोले पोलिएर घाइते भएका नन्दारामको उपचारको लागि कालीकोटका स्थानीय ब्यवसायी तथा आफन्त हिरामणि चौलागाईको पहलमा नन्दाराम बचाउ अभियान संचालन गरिएको छ।