काठमाडौ - प्रचण्ड नेतृत्वको सरकारमा दोस्रो पल्ट देशका उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका रवि लामिछानेलाई सरकारका विपक्षी दलहरूको निरन्तर घेराबन्दी र निषेधको राजनीति बावजुद पनि आफ्नो विचार राख्ने आज अवसर पाउँदा भिन्न-भिन्न पार्टीहरूका विभिन्न नेताहरूलाई अङ्कित गर्दै राजनीतिको आडमा गरिएका काला कर्तुत हरुको उजागर गरि गगन कुमार थापा लाई पनि हमला गर्दै यसो भने ।
"१५ वर्षदेखि संसदको लास्ट सीटदेखि फ्रन्ट सीटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरुलाई हेक्का होस्, यो देश अब तपाईंहरुको गनगनले मात्र चल्दैन "
"सहकारी ठगी गर्नेलाई मात्र होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔं । दुई–तीनवटा पासपोर्ट बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसदबाट हटाऔं । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस् "
"कांग्रेस महामन्त्रीले संसद वैठकमा उपप्रधानमन्त्रीले आफैं निवेदन दिएर ऋण मागेको प्रमाण मसित छ भन्नुभयो । त्यस्तो प्रमाण जहाँबाट भए पनि उपलब्ध गराइदिनुस, म राजनीति छोड्छु भनेको थिएँ । धेरै दिन भइसक्यो मैले प्रमाण पाएको छैन । तर धन्दा नमान्नुस तपाईंले राजनीति छोड्नु पर्दैन । तपाईंजत्तिको नेता यो देशलाई चाहिन्छ "
प्रतिक्रिया दिनुहोस