
हिजो अर्थात २०८१ भदौ ३१ गते इन्द्र जात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा बालेन शाहको तस्बिर भएको टी-शर्ट लगाएका युवाहरुलाई प्रहरीले कार्यक्रम स्थलबाट हटाएको छ।
त्यस जात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध हुनसक्ने भन्दै प्रहरीले उनीहरूलाई हटाएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । बालेन सपोर्टरहरु बालेनको समर्थन गर्न को लागि उनको तस्बिर भएको टी-शर्ट लगाई एउटा टिम बनेर बसन्तपुरमा आएका थिय । जहाँ उनीहरुलाई त्यहि टी-शर्ट लगाईएको भनि उक्त कार्यक्रम स्थल बाट बाहिर निकलियाको थियो ।
यस वर्ष, काठमाडौं महानगर प्रमुख बालेन शाह इन्डियामा रहेका कारण इन्द्र जात्रामा उनको उपस्थिती अनिश्चित रहेको थियो। यसैगरी अहिले सामाजिक संजालमा बलेन शाहले प्रधानमन्त्रीलाई लछित गरि बंग्यात्मक तरिकाले असन्तुस्टी जनाई पोस्ट हरु हाल्ने गरेका छन् । जसले गर्दा प्राय नेपाली जनताहरु उनको प्च्छेमा विभिन्न तर्क हरु दिदै आएका छन् । प्रधानमन्त्री लाई नै भेट्न पर्छ भनि बालेनले जानीजानी इन्द्र जात्रामा समाबेस नहुने गरि आफ्नो भ्रमण मिलाएको भन्ने खबर हरु पनि अहिले मिडिया हरुमा आइरहेको छ ।
छोटो समयमा नै राजनीतिमा राम्रो स्थान जमाएका शाहको काम र भिजन लाई माया र साथ दिने युवा हरु धेरै छन् । तर यसरी मेलाहरुमा राजनैतिक गतिबिधिहरु गर्दा अन्य राजनैतिक समूहहरु पनि सतर्क हुने हुदा यसले आउने समयमा थप समस्या निम्त्याउन सक्छ । यो घटनाले बलेन शाहका समर्थकहरू र राजनीतिक वृत्तमा देखा परेको तनावलाई प्रस्ट पार्छ, जहाँ युवाहरू र अधिकारकर्मीहरूको उनको समर्थनले विभिन्न राजनीतिक समूहहरूलाई सतर्क बनाएको छ।
प्रतिक्रिया दिनुहोस