१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जिम्बु थकाली रेस्टुरेन्टलाई ३ लाख जरिवाना

रेस्टुरेन्टले ३५ रुपैयाँमा बिक्री हुने मिनिरल वाटरलाई १०० रुपैयाँसम्म लिएको गुनासो आएपछि विभागले छड्के अनुगमन गरेको हो।



Jumbu Thakali
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १९६
  • काठमाडौंको शान्तिनगरस्थित जिम्बु थकाली रेस्टुरेन्टलाई उपभोक्ता ठगीको आरोपमा वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ। 

    रेस्टुरेन्टले ३५ रुपैयाँमा बिक्री हुने मिनिरल वाटरलाई १०० रुपैयाँसम्म लिएको गुनासो आएपछि विभागले छड्के अनुगमन गर्दै कारबाही गरेको हो। उपभोक्ताहरूको गुनासोको आधारमा विभागका महानिर्देशक राजन पौडेल नेतृत्वको टोलीले जिम्बु थकालीमा छड्के अनुगमन गरेको थियो। महानिर्देशक पौडेलले यो घटनालाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको बतायका छन् ।

    अनुगमनपछि रेस्टुरेन्टले अंकित मूल्यभन्दा दोब्बर मूल्य लिएकाले ३ लाख रुपैयाँ जरिवाना गरिनुका साथै पुनः यस्तै ठगी दोहोरिएमा रेस्टुरेन्ट शिलबन्दी गरिने चेतावनी दियको छ ।