२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अमेरिकाले चीन र रुसमा बनेका कारमा प्रतिबन्ध लगाउने

सडकमा गुडिरहेका कार, ट्रक, र बसहरूलाई टाढैबाट नियन्त्रण गर्नसक्छन् भनि अमेरिकी अधिकारीहरूले आफ्नो चिन्ता व्यक्त गरेका छन् ।



U.S. Set to Impose Ban on Chinese and Russian Vehicle
  • एजेन्सीको सहयोगमा
  • १ बर्ष अघि
  • पाठक संख्या २२१
  • अमेरिकाले चीन र रुसमा बनेका सवारी साधनका लागि आवश्यक हार्डवेयर र सफ्टवेयरमा प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ। अमेरिकी अधिकारीहरूले सुरक्षा जोखिमलाई औंल्याउँदै स्वचालित सवारी साधन र तिनलाई अन्य नेटवर्कहरूसँग जोड्न प्रयोग गरिने प्रविधिबाट उत्पन्न हुनसक्ने खतराबारे चिन्ता व्यक्त गरेका छन्। यो नयाँ कदम अमेरिकी राष्ट्रिय सुरक्षा र गोपनीयता संरक्षणका लागि महत्वपूर्ण मानिएको छ।

    शत्रुहरूले अमेरिकाको सडकमा गुडिरहेका कार, ट्रक, र बसहरूलाई टाढैबाट नियन्त्रण गर्नसक्छन् भनि अमेरिकी अधिकारीहरूले आफ्नो चिन्ता व्यक्त गरेका छन् । अमेरिकामा अहिले बनेका कारहरूमा चीन वा रुसमा बनेका प्रविधिहरूको प्रयोग नगन्य छ, तर भविष्यमा यस्ता प्रविधिहरूको उपयोग सुरक्षा चुनौती बन्न सक्ने चेतावनी दिइएको छ। 

     "स्वचालित सवारी साधनहरूमा जडान गरिएका क्यामरा, माइक्रोफोन, जीपीएस ट्र्याकिङ, र अन्य प्रविधिहरू विदेशी शक्तिहरूको पहुँचमा पुग्न सक्छन्। यसले अमेरिकी नागरिकको गोपनीयता र राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्नसक्छ" अमेरिकी वाणिज्य मन्त्री जिना राइमोन्डो भन्छिन ।

    राइमोन्डोले अमेरिकाको सुरक्षा संरचनालाई सुदृढ बनाउन चीन र रुसमा बनेका प्रविधिहरूलाई प्रतिबन्ध लगाउने तयारी गरिएको जानकारी दिइन्। यो कदमले अमेरिकामा सवारी साधनहरूमा प्रयोग हुने डिजिटल प्रणाली र नेटवर्कहरूलाई सुरक्षित बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।

    चीनले भने अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणालाई अनुचित तरिकाले प्रयोग गर्दै चिनियाँ कम्पनीहरूलाई लक्षित गरेको आरोप लगाएको छ। चिनियाँ अधिकारीहरूले अमेरिकाको यस्तो कदमलाई "व्यापारिक प्रतिस्पर्धाको बहानामा अनुचित हस्तक्षेप" भनेका छन्।