२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, केके भयो कुराकानी ?



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १४३
  • काठमाडौं, जेठ २० - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतमा भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हित तथा साझा विकासका विविध विषयमा विचार आदानप्रदान भएको बताइएको छ।

    भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गर्दै नेपाल र भारतबीचको सहकार्यलाई अझ सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको सोचको स्वागत गर्दै त्यसमा पूर्ण समर्थन रहने उल्लेख गरेका छन्।

    भारत भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेले यसअघि भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूसँग पनि भेटघाट गरेका थिए। दिल्लीस्थित भाजपा मुख्यालयमा उनलाई पार्टीका अध्यक्ष नितिन नवीनले स्वागत गरेका थिए।

    त्यसैगरी, लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध र समसामयिक विषयमा छलफल गरेका छन्।

    भाजपाको निमन्त्रणामा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ १८ गते पाँचदिने भारत भ्रमणका लागि प्रस्थान गरेको थियो। भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाटलाई नेपाल–भारत सम्बन्धको सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।