२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संसदमा खुश्बु ओलीको प्रश्न : कुवेतमा थुनिएका नेपाली चेली कहिले फर्किन्छन् ?



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १०८
  • काठमाडौं, असार ३ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक सांसद खुश्बु ओली ले कुवेतका विभिन्न जेल तथा कठिन परिस्थितिमा रहेका नेपाली महिलाहरूको शीघ्र उद्धारका लागि सरकारसँग माग गरेकी छन्।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपाली महिलाहरूले विभिन्न समस्यासँग जुध्नुपरेको बताइन्। त्यहाँ रहेका कतिपय महिलाहरू जेल जीवन बिताउन बाध्य भएको तथा केही अलपत्र अवस्थामा रहेको भन्दै उनले उनीहरूको उद्धारमा सरकारले विशेष पहल गर्नुपर्ने उल्लेख गरिन्।

    सांसद ओलीले कुवेतमा समस्यामा परेकी नेपाली महिला शर्मिला दर्जीलाई लामो प्रयासपछि स्वदेश फर्काउन सफल भएको जानकारी दिइन्। नेपाली राजदूतावाससँगको निरन्तर समन्वय र पहलका कारण उनको उद्धार सम्भव भएको भन्दै उनले अझै पनि धेरै नेपाली महिलाहरू कष्टपूर्ण अवस्थामा रहेको बताइन्।

    उनका अनुसार यस विषयलाई आफूले संसद्मा पटक–पटक उठाउँदै आएकी छन्। कुवेतमा रहेका नेपाली महिलाहरूको अवस्था गम्भीर रहेकाले उनीहरूको सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।