गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा हालै दुई नयाँ एयरलाइन्सको आगमन सँगै थप अन्तर्राष्ट्रिय उडानहरूका लागि खुला गरिने भएको छ। कुवेतको जजीरा एयरवेज र थाइल्याण्डको थाइ स्माइल एयरवेजले भैरहवामा सेवा सुरु गरेका छन् ।
जजीरा एयरवेजले नेपालमा आफ्नो दोस्रो गन्तव्यको रूपमा भैरहवा रोजेको छ। यो एयरवेजले कुवेत र भैरहवाबीचको सीधा हवाई सेवा सुरु गरेको छ। यसले विशेषगरी कुवेतमा रहेका नेपाली कामदारहरूलाई लक्षित गर्दै उनीहरूलाई लुम्बिनी क्षेत्रमा सिधा पहुँच दिनेछ। यो सेवा पर्यटक र तीर्थयात्रीहरूलाई बौद्ध धर्मको पवित्र स्थल लुम्बिनी जान सजिलो बनाउने उद्देश्यले सुरु गरिएको हो ।
त्यस्तै, थाइ स्माइल एयरवेजले पनि थाइल्याण्डको राजधानी बैंककबाट भैरहवा उडान सेवा सुरु गरेको छ। यसले नेपाल र थाइल्याण्डबीचको पर्यटकीय तथा धार्मिक सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य लिएको छ, विशेष गरी लुम्बिनीका बौद्ध तीर्थयात्रीहरूका लागि यो नयाँ मार्ग सुविधाजनक हुने विश्वास गरिएको छ ।
यी नयाँ हवाई सेवाहरूले भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा थप महत्त्वपूर्ण बनाएको छ। एयरलाइन्सहरूको आगमनले पर्यटन क्षेत्र, विशेषगरी लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनलाई ठूलो प्रोत्साहन मिल्ने देखियको छ ।
प्रतिक्रिया दिनुहोस