२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पाथीभराधाम क्षेत्रमा यो वर्षको पहिलो हिमपात

पाथीभराधाम क्षेत्रमा बढेको चिसोका कारण आज बिहानदेखि हल्का हिमपात सुरु भएको छ।



Pathivara Temple
  • Sangeeta Gurung
  • ११ महिना अघि
  • पाठक संख्या ७३४
  • ताप्लेजुङको पाथीभराधाम क्षेत्रमा यो वर्षको पहिलो हिमपात भएको छ।

    केही दिनयता बढेको चिसोका कारण आज बिहानदेखि हल्का हिमपात सुरु भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ। हिमपातसँगै मौसम थप चिसो बनेको छ, जसले यस क्षेत्रमा आउने पर्यटक र तीर्थ यात्रिहरूको सङ्ख्या वृद्धि हुने आशा गरिएको छ।

    पाथीभरा मन्दिर धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थान हो, र हिउँ परेको समय यहाँ आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुने गरेको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले यस वर्ष पनि पर्यटकको संख्या बढ्ने अपेक्षा व्यक्त गरे।

    पाथीभरा मन्दिर ३,७९४ मिटरको उचाइमा रहेको छ। हिमपातका कारण यातायातमा कुनै समस्या नआए पनि तीर्थयात्रिहरूलाई चिसोबाट जोगिन सतर्क रहन आग्रह गरिएको छ।