२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पाथीभरामा सडक अवरुद्ध हुँदा भक्तजनको कमी

ताप्लेजुङको पाथीभरा देवीस्थानमा यस वर्ष नवरात्रका अवसरमा भक्तजनको चहलपहलमा निकै कमी आएको छ।



Pathivara
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ९७२
  • ताप्लेजुङको पाथीभरा देवीस्थानमा यस वर्ष नवरात्रका अवसरमा भक्तजनको चहलपहलमा निकै कमी आएको छ।

    बाढी र पहिरोका कारण मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थीहरूको संख्या घटेको हो। बडादसैँको पहिलो दिन घटस्थापनामा मात्र ६३ जना दर्शनार्थीले पूजार्चना गरेका छन्, जबकि गत वर्ष सोही दिन १,१४८ जना भक्तजन उपस्थित भएका थिए।

    बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरुद्ध भएको छ भने तमोर करिडोरमा पहिरो खसेपछि सवारी साधन रोकिएका छन्। पाथीभरा शक्तिपीठमा दशैँको समयमा विशेष गरी धेरै भक्तजन आउने चलन रहेको छ, जहाँ विगतमा वार्षिक तीन लाखभन्दा बढी दर्शनार्थी आउने गर्थे।