२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काभ्रेपलाञ्चोकमा मात्रै ३१ जनाको मृत्यु

काभ्रेपलाञ्चोकमा मात्रै बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ।



Kabhre
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या २०१
  • काभ्रेपलाञ्चोकमा मात्रै बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ। बिहीबार रातिदेखि लगातार परेको अविरल वर्षाको कारण यस जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोको विनाशकारी प्रभाव परेको हो। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिनेशबहादुर कुँवरका अनुसार अझै पनि विद्युतीय अवरोधका कारण तथ्यांकहरू पूर्ण रूपमा संकलन गर्न कठिनाइ भइरहेको छ।

    यहाँ हालसम्म ४२ जना घाइते भएका छन्, जसको उपचार धुलिखेल र अन्य स्थानीय अस्पतालहरूमा भइरहेको छ भने अहिले सम्म प्रहरीले ९४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेको छ।