२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भत्किन थाले बाढीका कारण धेरै कच्ची घरहरू

सर्लाही जिल्लाका विभिन्न स्थानीय तहमा आएको बाढीका कारण धेरै कच्ची घरहरू भत्किन थालेका छन्।



Sarlahi
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १७०
  • सर्लाही जिल्लाका विभिन्न स्थानीय तहमा आएको बाढीका कारण धेरै कच्ची घरहरू भत्किन थालेका छन्।

    बरहथवा नगरपालिका–१५ हरपुर्वाका एक व्यक्तिको घर बाढीपछि डुबानमा परेको थियो, जसको चार फिटसम्म पानी जमेर माटो गलेपछि कच्ची घर भत्किएको छ। यसका साथै गाउँका अन्य कच्ची घरहरूमा पनि यस्तै समस्या देखिन थालेको छ।

    बागमती, लखन्देही, र झिम नदीका बाँध फुटेर गाउँमा पानी पस्दा धेरै घरहरू डुबानमा परेका छन्। धेरैजसो स्थानीयले आफन्तको घरमा शरण लिएका छन्, तर कतिपयले भने त्यहि डुबानमा परेकै घरमा रात बिताउनुपरेको छ। रामनगर गाउँपालिकामा बागमती नदीको बाँध फुटेर गाउँमा पसेको बाढीले १० भन्दा बढी कच्ची घरहरूमा क्षति पुर्‍याएको छ।

    प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिएअनुसार, रामनगर, बलरा, बसवरिया, धन्कौल, र ब्रह्मपुरी गाउँपालिकामा बाढी पसेपछि कच्ची घरहरूमा ठूलो क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। यद्यपि, यकिन तथ्याङ्क आउन भने केही समय लाग्नेछ।