
बागमती प्रदेश सरकारले काभ्रेका चणिकलाल तामाङलाई दुई जनाको ज्यान बचाएको साहासिक कार्यका लागि डेढलाख नगदसहित सम्मान गर्ने भएको छ। तामाङले ललितपुरको नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका थिए।
प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तामाङको साहसिक कार्यको प्रशंसा गर्दै सम्मान गर्ने घोषणा गरेका हुन्। तेमाल गाउँपालिका–९, चोकटारका तामाङले रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहलाई गत शनिबार नख्खु खोलाबाट उद्धार गरेका थिए।
मुख्यमन्त्री लामाले तामाङलाई फोनमार्फत धन्यवाद दिँदै उनको कार्यलाई प्रदेश सरकारले उच्च मूल्याङ्कन गरेको बताए।
प्रतिक्रिया दिनुहोस