१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

क्यान्सरको कारण हिमालीसंचार डटकमका प्रधानसम्पादक राईको निधन

हिमालीसंचार डटकमका प्रधानसम्पादक संजीव कुमार कोयी राईको ललितपुरको पाटन क्यान्सर अस्पतालमा निधन भएको छ।



Sanjib Rai
  • क्वालिटी खबर
  • २ बर्ष अघि
  • पाठक संख्या ३९६
  • हिमालीसंचार डटकमका प्रधानसम्पादक संजीव कुमार कोयी राईको आज २०८१ असोज १५ गते मंगलबार बिहान ललितपुरको पाटन क्यान्सर अस्पतालमा निधन भएको छ। पारिवारिक श्रोतले दिएको जानकारीअनुसार, उनको शव दाहसंस्कारका लागि खोटाङ लैजाने तयारी भइरहेको छ।

    राई केहि बर्ष देखि क्यान्सर जस्तो गम्भीर तथा प्राणघातक रोग संग लडिरहनु भएको थियो। लामो समयसम्म क्यान्सरसँग संघर्ष गरेपछि उहाँले आज मंगलबारको दिन आफ्नो प्राण त्याग गर्नुभयो ।

    क्वालिटी खबरको तर्फबाट यस दुःखद घटनामा गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक समवेदना प्रकट गर्दछौ। साथै, परिवारजनलाई धैर्यधारण धारणा गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौ।