१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पदयात्रा गर्ने क्रममा लेक लागेर एक विदेशीको मृत्यु

रसुवाको सूर्यकुण्ड आसपास क्षेत्रमा पदयात्रा गर्ने क्रममा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको मृत्यु भएको छ।



dead
  • क्वालिटी खबर
  • २ बर्ष अघि
  • पाठक संख्या १२२
  • रसुवाको सूर्यकुण्ड आसपास क्षेत्रमा पदयात्रा गर्ने क्रममा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको मृत्यु भएको छ। रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार, उनको मृत्यु लेक लागेर वा अन्य कारणले भएको हो भन्ने कुरा अहिले खुल्न सकेको छैन, र यो विषयमा थप जानकारी शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुनेछ।

    घटनास्थलबाट नेपाली सेनाको श्रीनाथ गण र जिल्ला प्रहरीको सहयोगमा शव गोसाइँकुण्डसम्म ल्याइ, त्यसपछि एयर डाइनेष्टीको हेलिकप्टरमार्फत काठमाडौँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको हो। शवको व्यवस्थापनमा रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोधमा सुरक्षा निकायहरूले सहयोग गरेका थिए।