१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आफ्नै भाईलाई छुरा प्रहार गरी हत्या

दाङमा आफ्नो २८ वर्षीय भाईलाई छुरा प्रहार गरी हत्या गरेका छन् ।



Hatya
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १७३
  • दाङमा ३१ वर्षीय सहोदर दाजु पूर्ण तामाङले आफ्नो २८ वर्षीय भाइ अनिल तामाङको छुरा प्रहार गरी हत्या गरेको खुलेको छ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा घटनाबारे जानकारी दिएका हुन्।

    डिएसपी ठकुरीका अनुसार, घटनापछि दाजु पूर्णले भाइ अनिलले आफैले छुरा प्रहार गरेको भन्दै आफ्नो बुवा सोमार र छिमेकीलाई झुक्याउने प्रयास गरेका थिए। त्यही बयानलाई आधार मानेर प्रहरीलाई पनि जानकारी दिइएको थियो। 

    तर, डिएसपी ठकुरीले अनिलको घाउको प्रकृति हेर्दा शंका उत्पन्न भएपछि बुवा सोमार र दाजु पूर्णलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेका थिए। अनुसन्धानपछि पूर्णले आफैले भाइमाथि छुरा प्रहार गरेको र घटनाबाट जोगिनका लागि झुट बोलेको स्वीकार गरेका छन्। 

    भाइ अनिलले सम्पत्तिको विषयमा बुवासँग बारम्बार विवाद गर्दै आएका थिए। असोज २३ गते दसैं मनाउन घर आएका अनिल र बुवाबीच अंशबण्डाको विषयमा विवाद भएको थियो। 

    घटना भएको दिन बिहान अनिलले मदिरा सेवन गरेका थिए। त्यसपछि अनिलले दाजु पूर्णसँग पनि झगडा गर्न थाले र छुरा लिएर ज्यान मार्ने धम्की दिए। आवेशमा आएका पूर्णले अनिलकै हातबाट छुरा खोसेर तीन पटक पेटमा प्रहार गरे। 

    प्रहरीले पूर्णलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान शिर्षकमा मुद्दा चलाउने तयारी गरेको छ भने अनिलको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।