२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु , २८ जना घाइते

कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।



Accident
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १४८
  • नवलपरासी जिल्लाको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

    दुर्घटना कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकमा भएको हो। बुलिङटारबाट कावासोतीतर्फ आउँदै गरेको जीप अनियन्त्रित भई दुर्घटना हुँदा दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार उद्धार कार्य भर्खरै सम्पन्न भैसकेको छ, र घाइतेहरूलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ।

    प्रहरीले जीपमा क्षमताभन्दा बढी यात्री सवार भएकाले दुर्घटना भएको अनुमान गरेको छ। अहिले मृतक तथा घाइतेहरूको विस्तृत विवरण भने उपलब्ध भएको छैन।