२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सवारी दुर्घटनामा एक जनाको मृत्यु, २६ घाइते

काँकडभिट्टा जाँदै गरेको बसले विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको छ।



Accident
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १७५
  • आज बिहान कञ्चनरुप नगरपालिका, बरमझियामा बस दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २६ जना घाइते भएका छन्, जसमा आठ जनाको अवस्था गम्भीर रहेको छ। 

    उदयपुरको गाईघाटबाट काँकडभिट्टा जाँदै गरेको बसले विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको बताइएको छ। मृतक २१ वर्षीया मैया राई हुन्। 

    घाइतेमध्य गम्भीर अवस्थामा रहेका आठ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ।