१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गोलभेँडाको मुल्य प्रतिकिलो १८० देखि २०० रूपैयाँसम्म पुग्यो

गोलभेँडाको आपूर्तिको कमीले गर्दा बजारमा यसको मूल्य अत्यधिक बढेको छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २५२
  • गोलभेँडाको आपूर्तिको कमीले गर्दा बजारमा यसको मूल्य अत्यधिक बढेको छ। जसले गर्दा उपभोक्ताले प्रतिकिलो गोलभेँडा १८० देखि २०० रूपैयाँसम्म तिर्न परिरहेको छ।

    बाढी–पहिरोका कारण धेरै उत्पादनशील क्षेत्रहरू डुबानमा परेपछि गोलभेँडाको आपूर्ति घटेको छ। साथै, बाहिरी जिल्लाबाट कालीमाटीमा गोलभेँडा आउने बाटो अवरुद्ध भएको छ, जसले गर्दा मूल्य बढेको हो।

    गोलभेँडाको मूल्य हाल कालीमाटी बजारमा प्रति क्रेट २५ सयदेखि ३५ सय रूपैयाँसम्म पुगेको छ।  व्यापारीहरूले यो स्थितिलाई पहिलो पटक यति धेरै मूल्य वृद्धिको रूपमा उल्लेख गरेका छन्।

    तिहारसम्म उत्पादन बढ्ने र डुबानबाट बचेका टनेलहरूबाट आपूर्ति थपिने भएकोले तिहार पछि गोलभेँडाको मूल्य सस्तिने अपेक्षा गरिएको छ ।