२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गर्लफ्रेन्डसँग भेट गराउन नमानेको निहुँमा आफ्नै साथीहरु द्वारा युवकको हत्या

सिराहाको सुखीपल नगरपालिकामा एक युवकको आफ्नै केटा साथीहरूले हत्या गरेको खुलासा भएको छ।



Hatya
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १४३
  • सिराहाको सुखीपल नगरपालिकामा एक युवकको आफ्नै केटा साथीहरूले हत्या गरेको खुलासा भएको छ। प्रहरीका अनुसार, प्रेमिकासँग भेट गराउन अस्वीकार गरेपछि साथीहरूले २२ वर्षीय कृष्णकुमार महराको हत्या गरेका हुन्।

    घटना असोज २७ गतेको हो, जब महरा र उनका पाँच जना साथीहरू दसैँ मेला हेर्न गएका थिए। उनीहरु पाँचै जनाले लागुऔषध सेवन गरी महरालाई प्रेमिकासँग भेट गराउन दबाब दिएका थिए। तर महराले अस्वीकार गरेपछि विवाद उत्पन्न भयो, जसले उग्र रूप लिँदै उनको हत्या भयो। 

    सिराहा प्रहरीका प्रवक्ता वीरेन्द्र पासवानका अनुसार, हत्या पछि अभियुक्तहरूले शवलाई नजिकैको गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर बालुवामा गाडेका थिए। प्रहरीले घटनाको जानकारी पाएको ५ घण्टापछि अनुसन्धान सुरु गरेको थियो। 

    हत्या आरोपमा गोलबजार नगरपालिका–१३ निवासी सन्तोषकुमार महरा, रोहितकुमार महरा, धर्मेन्द्र महरा, धिरज कुमार राम, र मोहमद जमसेदलाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाएको छ।