१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपाले कार्यकर्तालाई आन्दोलनबाहेक घुमघाम सम्बन्धी फोटो पोस्ट गरे कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वगृहमन्त्री तथा सभापति रवि लामिछानेको पक्राउको विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक कुनै पनि घुमघाम सम्बन्धी फोटो वा भिडियो पोस्ट नगर्न निर्देशन दिएको छ।



RSP
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३१९
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वगृहमन्त्री तथा सभापति रवि लामिछानेको पक्राउको विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक कुनै पनि घुमघाम सम्बन्धी फोटो वा भिडियो पोस्ट नगर्न निर्देशन दिएको छ।

    पार्टीको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको सन्देशमा सामाजिक सञ्जालमा आन्दोलनसँग सम्बन्धित मात्र पोस्टहरू राख्न भनिएको छ। 

    यदि आन्दोलनबाहेकका गतिविधिहरू पोस्ट गरेको पाइएमा कारबाही गरिने चेतावनीसमेत दिइएको छ। रवि लामिछानेलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको थियो, र त्यसको विरोधमा देशभरका कार्यकर्तालाई पोखरा पठाइएको छ।

    पार्टीले प्रदर्शनको क्रममा एकताबद्ध भएर आन्दोलनको फोटो, भिडियो मात्र पोस्ट गर्न सर्कुलर जारी गरेको छ, जसले आन्दोलनमा समर्पण र अनुशासनलाई बल दिन खोजेको देखिन्छ।