१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओलीले नयाँ सरकारको १०० दिन पुगेको अवसरमा सरकारका उपलब्धि र योजनाहरू प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको १०० दिन पुगेको अवसरमा सिंहदरबारबाट सम्बोधन गर्दै सरकारका उपलब्धिहरू र आगामी योजनाहरू प्रस्तुत गरेका छन्।



KP Oli
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १३३
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको १०० दिन पुगेको अवसरमा सिंहदरबारबाट सम्बोधन गर्दै सरकारका उपलब्धिहरू र आगामी योजनाहरू प्रस्तुत गरेका छन्। उनले आफ्नो सम्बोधनमा १०० दिनको अवधिमा सरकारले स्थिरता, सुशासन, र विकासका महत्त्वपूर्ण पाइला चालेको उल्लेख गर्दै अबका दिनमा अझ प्रभावकारी काम गर्न प्रतिबद्ध रहेको बताए।

    ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठूला दलहरूको सहकार्यले बनेको सरकारलाई ढाल्ने प्रयासको आलोचना गर्दै, सरकारलाई अवरोध पुर्‍याउने अफवाहहरूमा ध्यान नदिन आग्रह गरे। उनले सरकार ढल्छ भन्ने हल्लाहरूलाई निराधार बताउँदै सरकारले काम गर्न निरन्तरता दिने स्पष्ट पारे।

    भ्रष्टाचारविरुद्धको लडाइँमा ओलीले कुनै पनि कालखण्डमा भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले सहकारी ठगी गर्नेहरूविरुद्ध सरकारले कडा कदम चालेको र हालसम्म ६ सयभन्दा बढी व्यक्तिमाथि कानूनी कारबाही भएको जानकारी दिए। उनले सहकारी ठगीको समस्या समाधान गर्न सहकारी प्राधिकरण ऐन र सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्ने योजनाबारे पनि प्रकाश पारे।