१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १४४
  • कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले प्रहरीले माग गरेको म्यादलाई स्वीकृति दिँदै उनलाई थप हिरासतमा राख्न आदेश दिएको हो। अदालतले यसअघि ६ दिनको म्याद दिएको थियो, जुन सकिएसँगै पुनः म्याद थपका लागि प्रहरीले अदालतमा लामिछानेलाई उपस्थित गराएको थियो।

    लामिछानेलाई सूर्यदर्शन सहकारीको ठगीसम्बन्धी अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो। यस घटनापछि, रास्वपाका नेता तथा कार्यकर्ताहरूले लामिछानेमाथि षड्यन्त्रपूर्वक फसाइएको दाबी गर्दै निरन्तर प्रदर्शन गर्दै आएका छन्।