२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दम्पती बिछ्यौनामा मृत फेला, घटना शंकास्पद

४५ वर्षीय रमेश बडायक र उनकी ४३ वर्षीया श्रीमती कमल बडायक शंकास्पद अवस्थामा मृत फेला परेका छन्।



Dead
  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १५९
  • कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४३ वर्षीया श्रीमती कमल बडायक शंकास्पद अवस्थामा मृत फेला परेका छन्।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनाको शव आज बिहान घरको बिछ्यौनामा फेला परेको हो। स्थानीय बासिन्दाले घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    प्रहरीका अनुसार मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएको डामहरू देखिएका छन् र घटनास्थलमा रगतको थोप्ला पनि भेटिएको छ। प्रहरी नायब उपरीक्षक जोशीले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जानकारी गराएका छन्।