
काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोगाउन आफ्नो पार्टीले सभा गरेको भन्ने आरोपको खण्डन गरेका छन्। शनिबार काठमाडौँमा आयोजित सभामा सम्बोधन गर्दै प्रचण्डले आफ्नो र माओवादी केन्द्रको बदनाम गर्ने प्रयासको विरोध गरे।
विगतमा लामिछानेको पक्षमा उभिनु निष्पक्ष छानबिनको सिद्धान्तका आधारमा थियो, व्यक्तिगत समर्थनका लागि होइन भन्ने कुरा प्रचण्डले स्पष्ट पारे । उनले पूर्वप्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारका बेला लामिछानेको पक्षमा भूमिका खेलेको कुरा स्मरण गर्दै, अहिले विपक्षमा पुगेपछि ओलीले रविको विपक्षमा धक्का दिएको आरोप लगाएका छन् ।
“म मथि कुनै भ्रष्टाचारको आरोप प्रमाणित भए मलाई पनि गिरफ्तार गर,” प्रचण्डले भने। साथै, उनले आफूले संसदीय छानबिन समितिलाई लामिछाने सम्बन्धी आरोपमा निष्पक्ष रूपमा छानबिन गर्न सुझाव दिएको उल्लेख गर्दै, माओवादी केन्द्रलाई बदनाम गर्न यस्तो हल्ला फैलाइएको बताए।
प्रतिक्रिया दिनुहोस