१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीद्वारा एनआरएनएलाई राजनीति नगर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेका छन्।



KP Oli
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १०६
  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेका छन्। एनआरएनए दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दलका आ–आफ्ना संगठनहरू भए पनि एनआरएनएमा राजनीतिक हस्तक्षेप नगर्न सुझाव दिएका हुन्।

    प्रधानमन्त्री ओलीले भने, "पोलिटिकल पार्टीका आफ्नै संगठनहरू होलान्, तिनीहरूले आफ्नो काम आफैं गर्लान्। यस संगठनभित्र राजनीतिक खिचातानी नगरौं।" उनले एनआरएनएलाई राजनीतिक हस्तक्षेप र प्रयोगबाट बाहिर राख्नुपर्ने कुरा आफूले लामो समयदेखि बताउँदै आएको पनि स्मरण गराए।

    साथै, प्रधानमन्त्रीले गैरआवासीय नेपालीहरूको माग सम्बोधन गर्न संविधानमा गैरआवासीय नागरिकताको व्यवस्था गरिएको उल्लेख गर्दै, हाल उनीहरूलाई नागरिकता प्राप्तिमा रहेका समस्या सम्बोधन गर्न सरकारले तयारी गरिरहेको बताए। 

    “यसको समस्याको समाधान कसरी गर्ने हो, तपाईंहरू नै सुझाव दिनुहोस्। हामी त्यो समाधान गर्नेछौं,” ओलीले भने। साथै, नेपालमा विकासका लागि पूर्वाधार तयार भइसकेकाले सबै एकजुट भएर काम गर्न सकेमा देशको समृद्धि सम्भव हुने उनले बताए।