१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चितवन र पर्साका बस्तीमा हात्ती देखिन थालेपछि सावधानी अपनाउन आग्रह

चितवनको माडी र पर्साको ठोरी क्षेत्रमा जङ्गली हात्ती देखिन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले स्थानीयवासीलाई सावधानी अपनाउन आग्रह गरेको छ।



Elephant
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २६०
  • चितवनको माडी र पर्साको ठोरी क्षेत्रमा जङ्गली हात्ती देखिन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले स्थानीयवासीलाई सावधानी अपनाउन आग्रह गरेको छ। धान पाक्ने समयमा हात्ती अन्नबाली खान आउन थालेपछि राति एक्लै हिँडडुल नगर्न, उज्यालो बनाएर समूहमा मात्र हिँड्न निकुञ्जले सुझाव दिएको छ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार हात्ती समूहमा बस्तीमा प्रवेश गरिरहेका छन्, जसले धानबालीमा क्षति पुर्‍याउने र स्थानीयमा त्रास फैलाएको छ। निकुञ्जका कर्मचारी र सुरक्षाका लागि नेपाली सेनाको टोली हात्ती भगाउन सक्रिय छन्। उनीहरूले ढ्याङ्ग्रो ठटाउने, राँको बाल्ने तथा आपतकालीन अवस्थामा प्लाष्टिकको गोलीले हवाई फायरसमेत गर्ने तयारी गरेको जनाएका छन्।

    निकुञ्जले विशेषगरी रातको समयमा हात्तीले आक्रमण गर्न सक्ने भन्दै स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।