साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बंगलादेशबीचको फाइनल खेल पोखरामा पनि प्रत्यक्ष प्रसारण हुने भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पृथ्वीचोकस्थित डिजिटल बोर्डमा खेलको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको जानकारी दिए।
यो खेल आज बेलुकी साढे ६ बजे काठमाडौंको दशरथ रंगशालामा हुनेछ, जसमा नेपाल र बंगलादेश दोस्रोपटक उपाधिका लागि भिड्न लागेका हुन्। यसअघि २०२२ मा भएको फाइनलमा बंगलादेशले नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो।
प्रतिक्रिया दिनुहोस