२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, श्रीमान् भागेर ज्यान बचाउन सफल

रौतहटको पश्चिम उत्तरी भेग फतुवा विजयपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।



Dead
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १३८
  • रौतहटको पश्चिम उत्तरी भेग फतुवा विजयपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

    फतुवा विजयपुर–११, बुट्वा राङि गाउँमा आज बिहान आफ्नै घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परेर ७० वर्षकी पातली तामाङको मृत्यु भएको हो। हात्तीले उनको घरमा ठूलो क्षति पुर्याएको छ।

    इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन्। आक्रमणको बेला मृतककी श्रीमान् भागेर ज्यान बचाउन सफल भए।

    हात्तीले एउटा अर्को घरमा पनि क्षति पुर्याएको जनाइएको छ। घटनास्थलमा नेपाल प्रहरी, डिभिजन वन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प विजयपुरको टोली पुगेको छ र थप अनुसन्धान भइरहेको छ।