१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कार्यरत कर्मचारीहरू हटाउने निर्णय मा एमालेको विरोध,तत्काल निर्णय खारेजको माग

एमालेले मेयरमाथि आफ्ना समर्थकहरूलाई प्राथमिकता दिई अन्य कर्मचारीहरूलाई हटाउन खोजेको आरोप लगाएको छ।



Pokhara
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २३४
  • पोखरा महानगरपालिकामा हालै भएको कार्यपालिका बैठकमा एमालेले असहमति जनाएको छ।

    बैठकमा करारमा कार्यरत कर्मचारीहरू हटाउने निर्णय भएको थियो, जसमा एमालेले शुरूदेखि नै विरोध गर्दै आएको थियो। एमालेका अनुसार बैठक २४ घण्टा अगाडि एजेन्डा दिएर सूचित गर्नुपर्ने कानुनी प्रावधान उल्लङ्घन गर्दै नगर प्रमुख धनराज आचार्यले बैठक डाकेका थिए।

    एमालेले मेयरमाथि आफ्ना समर्थकहरूलाई प्राथमिकता दिई अन्य कर्मचारीहरूलाई हटाउन खोजेको आरोप लगाएका छन्। बैठकमा छलफल नभएका विषय पनि निर्णय पुस्तिकामा राख्ने प्रवृत्ति र विधि विपरीत कर्मचारी हटाउने निर्णयमा एमालेले आपत्ति जनाउँदै तत्काल निर्णय खारेजको माग गरेको छ। एमालेले यो निर्णय नसच्याए संघर्ष गर्ने चेतावनीसमेत दिएको छ।