२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पेस्तोल र गोलीसहित ४२ वर्षीय भारतीय नागरिक पक्राउ

रौतहटको राजदेवी नगरपालिका–९ ब्रहमपुरी गाउँमा सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोल र गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।



Pakrau
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १२९
  • रौतहटको राजदेवी नगरपालिका–९ ब्रहमपुरी गाउँमा सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोल र गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    विशेष सूचनाको आधारमा, सशस्त्र प्रहरी बल बीओपी बेलाबिछवाका प्रमुख इन्स्पेक्टर चेतन कुमार खड्काको नेतृत्वमा गएको टोलीले सोमबार बिहान २ बजे सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा चेकजाँच गर्दा अवैध पेस्तोल र गोली बरामद गरेको हो।

    सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंका अनुसार, गस्ती टोलीले पसलको शौचालय बाहिर एक नलकटुवा पेस्तोल, ८ एमएमको तीन गोली र एक थान खोका फेला पारेको छ। यस घटनामा संलग्न भारतीय नागरिक ४२ वर्षीय राजेश सिंहलाई पक्राउ गरिएको छ। 

    थप अनुसन्धानका लागि बरामद हतियारसहित आरोपी सिंहलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाउने तयारी भइरहेको छ।