काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेका २० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट प्रहरीले रु ६ लाख ६९ हजार ८१० नगद, तीन बुक तास, र छ बुक नयाँ तास बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले यो पक्राउ गरेको हो। काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले पक्राउको पुष्टि गर्दै घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस