१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग

प्रहरीले कास्की जिल्ला अदालतमा रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २५७
  • सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग प्रहरीले कास्की जिल्ला अदालतमा गरेको छ। जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरी पक्षले लामिछानेलाई हिरासतमा राख्न आवश्यक भन्दै म्याद थप गर्न आग्रह गरेको हो।

    तर, लामिछानेका पक्षका अधिवक्ताहरूले भने अनुसन्धान पूरा भइसकेको भन्दै उनलाई रिहा गर्न माग गरेका छन्। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा लामिछानेका पक्षमा अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गरेका छन्। 

    यसैबीच, पीडित पक्षका तर्फबाट अधिवक्ता युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले पनि बहस गरेका छन्। पक्ष र विपक्षको बहस सकिएपनि न्यायाधीश पौडेलले म्याद थप गर्ने वा नगर्ने सम्बन्धमा निर्णय सुनाइसकेका छैनन्।

    कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ।