
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको हिरासत अवधि अनावश्यक रूपमा लम्ब्याइएको भन्दै विरोध जनाएको छ।
बुधबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कुनै ठोस आधार नभए पनि बारम्बार म्याद थप्ने प्रयास भइरहेको बताएका छन्।
रास्वपाले हिरासत बाहिरै रहेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधानको कार्यान्वयनमा ध्यानाकर्षण गराउँदै लामिछानेमाथि राजनीतिक पूर्वाग्रहका कारण प्रतिशोधपूर्ण व्यवहार भएको आरोप लगाएको छ। साथै, पोखरामा मंगलबार रास्वपाको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको हस्तक्षेपको समेत भर्त्सना गरेको छ।
संसदीय छानबिन समितिले लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरणका आरोपमा थप अनुसन्धान अघि बढाएको रास्वपाको दाबी छ।
प्रतिक्रिया दिनुहोस