२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तीन सय ९१ किलो प्लाष्टिक झोला जफत

प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेपछि बिहीबार पसलहरूबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ भने जानकारी दिने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरेको छ।



Plastic Bag
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १८८
  • व्यास नगरपालिकाले प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेपछि बुधबार बजार क्षेत्रका पसलहरूबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ। नगरपालिकाले जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गर्दै, प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गरेको थियो।

    नगरपालिकाले प्लाष्टिक झोला प्रयोगको जानकारी दिने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने व्यवस्थासमेत गरेको छ। पहिलोपटक प्लाष्टिक झोला उत्पादन गर्नेहरूलाई रु २,०००, दोस्रोपटक रु ४,००० र तेस्रोपटक रु ६,००० जरिवाना तोकिएको छ। त्यस्तै, विक्रेताहरूलाई पहिलोपटक रु ५००, दोस्रोपटक रु १,००० र तेस्रोपटक रु ३,००० जरिवाना गरिने व्यवस्था गरिएको छ। प्लाष्टिक झोला प्रयोग गर्ने व्यक्तिहरूलाई पनि पहिलोपटक रु १० र दोस्रोपटक रु ५० जरिवाना गरिने नगरपालिकाले जानकारी दिएको छ।

    नगरपालिकाले बजार क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै प्लाष्टिक झोलाको प्रयोग नर्गन आग्रह गरेको छ। प्लाष्टिक झोलामुक्त अभियानले नगरपालिकालाई वातावरणमैत्री बनाउन मद्दत पुर्याउने विश्वास नगरपालिकाले व्यक्त गरेकोछ।