२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

छलीको सामान नियन्त्रणमा लिइरहेकै बेला सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा

रुपन्देहीको सीमा क्षेत्रमा राजस्व छलीको सामान नियन्त्रणमा लिइरहेकै बेला सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको छ।



Rupandehi
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १७४
  • रुपन्देहीको सीमा क्षेत्रमा राजस्व छलीको सामान नियन्त्रणमा लिइरहेकै बेला सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको छ। बिहीबार बेलुकी लुम्बिनी सांस्कृतिक नगरपालिका–२, मुझानमा सशस्त्र प्रहरीको सवारीमा स्थानीयहरूले ढुंगामुढा गरेका हुन्।

    ३२ वर्षीय दिलिप लोधको घरमा छापा मार्दा राजस्व छलीको आशंकामा ११२ बोरा चिनी नियन्त्रणमा लिइएको थियो। सामान लिएर फर्किने क्रममा १५०–२०० जना स्थानीयले बाटो अवरोध गर्दै ढुंगामुढा गरे। 

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले राजस्व छलीको सामान नियन्त्रण गर्ने क्रममा स्थानीयले अवरोध गरे पनि अन्ततः राजस्व अनुसन्धान कार्यालयले उक्त सामानलाई बुटवल लगेर कारबाही अघि बढाएको जानकारी दिए। अवरोधमा संलग्न कसैलाई भने नियन्त्रणमा लिइएको छैन।

    ढुंगामुढाका कारण सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लुम्बिनी रुपन्देहीको ना १ झ १४७७ नम्बरको गाडीको झ्यालको दुई वटा सिसा फुटेर क्षति भएको छ। सशस्त्र प्रहरी नायव निरीक्षक काशी प्रसाद चौधरी र प्रहरी जवान चन्द्रमा पाण्डेको दायाँ हातमा सामान्य चोट लागेको जनाइएको छ।