१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अमेरिकाको अनुसन्धान ल्याबबाट बाँदरहरू भागेपछि....

अमेरिकाको दक्षिणी क्यारोलिनामा अल्फा जेनेसिस नामक अनुसन्धान ल्याबबाट बाँदरहरू भागेपछि स्थानीय प्रहरी तिनलाई खोज्न व्यस्त भएका छन्।



Monkey
  • एजेन्सीको सहयोगमा
  • २ बर्ष अघि
  • पाठक संख्या २३९
  • अमेरिकाको दक्षिणी क्यारोलिनामा अल्फा जेनेसिस नामक अनुसन्धान ल्याबबाट बाँदरहरू भागेपछि स्थानीय प्रहरी तिनलाई खोज्न व्यस्त भएका छन्। ल्याबका एक कर्मचारीले गल्तीले खोर खुलेर बन्द नगरेपछि बाँदरहरू बाहिर निस्किएका थिए। यो ल्याबमा बाँदरको प्रजनन गरी मेडिकल परीक्षण र अनुसन्धानका लागि उपयोग गरिन्छ।

    प्रहरीले स्थानीय बासिन्दालाई घरका ढोका र झ्याल राम्रोसँग बन्द राख्न र कुनै बाँदर देखेमा तुरुन्तै जानकारी दिन भनेका छन्। भागेका अधिकांश बाँदर करिब ३.२ केजीका पोथी बाँदर हुन्, र यामासी प्रहरी विभागले यी बाँदरहरूको नजिक नजान चेतावनी दिएको छ। 

    बाँदरलाई नियन्त्रण गर्नका लागि सो क्षेत्रमा जालहरू पनि बिछ्याइएको छ। अल्फा जेनेसिसका सीईओ ग्रेग वेष्टरगार्डले यो घटनालाई "निराशाजनक" भनेका छन्। ल्याबका अनुसार बाँदरहरू निकै साना भएका कारण हालसम्म उनीहरूमाथि कुनै परीक्षण गरिएको छैन।