१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेलाई अदालतले दिएको १० दिनको म्याद सकियो,अदालतमा उपस्थित गराइदै

रवि लामिछानेविरुद्धअदालतले दिएको १० दिनको म्याद सकिएपछि आज उनलाई पुनः अदालतमा उपस्थित गराइने भएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १९२
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र सङ्गठित अपराध मुद्दामा अदालतले दिएको १० दिनको म्याद सकिएपछि आज उनलाई पुनः अदालतमा उपस्थित गराइने भएको छ।

    गत कात्तिक २० गते अदालतले अनुसन्धानका लागि प्रहरीलाई थप १० दिनको समय दिएको थियो। उक्त म्याद सकिएसँगै लामिछानेलाई आज पुनः अदालत पेस गरिने तयारी छ। लामिछानेविरुद्धको कानुनी प्रक्रियामा चासो राख्दै रास्वपाका समर्थकहरूले लगातार प्रदर्शन गरिरहेका छन्।

    लामिछानेको समर्थनमा रास्वपाले आज पोखराको जिरो प्वाइन्टमा बिहान १० बजे भेला हुने योजना बनाएको छ। त्यहाँबाट वाइचोकसम्म जुलूस निकालेर सभा आयोजना गरिने कार्यक्रम छ। यसअघि पनि वाइचोक क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएका थिए।

    रास्वपाका समर्थकहरूले लामिछानेमाथिको कानुनी प्रक्रिया अन्यायपूर्ण भएको दाबी गर्दै आइरहेका छन् भने उनीहरूले उनलाई अदालत पेस गर्दा प्रत्येकपटक प्रदर्शन गर्दै आएका छन्।