१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

महामन्त्री गगन थापा: 'कानुन सबैका लागि समान, दोषीलाई कारबाही हुनुपर्छ'

महामन्त्री थापाले विधिको शासन नै लोकतन्त्रको मर्म भएको बताउँदै कानुनले निष्पक्ष र निर्भीक रूपमा काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।



Gagan Thapa
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १३४
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनको पालना नगर्ने सबैलाई कानुनी प्रक्रियामा ल्याउनुपर्ने बताएका छन्। उनले कुनै पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्नेमा जोड दिएका छन्। 

    "कानुनविपरीत कार्य गर्ने सबैजना अनुसन्धानको दायरामा आउनुपर्छ," महामन्त्री थापाले भने, "सहकारी प्रकरण, जनप्रतिनिधि मानव तस्करी प्रकरण जस्ता घटनामा संलग्न सत्ता निकट, टाढाका, नयाँ-पुराना सबैलाई कानुनी दायरामा ल्याएर दोषी ठहरिएमा सजाय हुनुपर्छ।" 

    महामन्त्री थापाले विधिको शासन नै लोकतन्त्रको मर्म भएको बताउँदै कानुनले निष्पक्ष र निर्भीक रूपमा काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले सरकार र प्रतिपक्ष दुबै भूमिकामा रहँदा पनि आफू विधिको पक्षमा अडिग रहेको समेत प्रष्ट पारे।