२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बागलुङ बजारतर्फ आउँदै गरेको ग२च ९२४७ नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटनाग्रस्त भएको हो।



Accident
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १९६
  • बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग२च ९२४७ नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटनाग्रस्त भएको हो।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक केशव थापाका अनुसार, उक्त भ्यान सडकबाट करिब एकसय मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ भने भ्यानमा सवार एक जनाको जीवितै उद्धार गरिएको छ।

    हालसम्म मृतकहरूको पहिचान खुलिसकेको छैन र थप अनुसन्धान जारी रहेको प्रहरीद्वारा जानकारी गराइएको छ।