२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शिक्षकमाथि लुट्ने उद्देश्यले कट्टा पेस्तोलबाट गोली प्रहार गर्ने एक व्यक्ति पक्राउ

सिन्धुलीमा एक शिक्षकमाथि भएको गोली प्रहारको घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।



pakrau
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १५२
  • सिन्धुलीमा एक शिक्षकमाथि भएको गोली प्रहारको घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुरका ३० वर्षीय कर्मानन्द ठाकुर रहेका छन्। घटनाको पृष्ठभूमिमा, हरिहरपुरगढी गाउँपालिका–६ स्थित झप्सीमा सर्लाहीका प्रेम बहादुर बोम्जनमाथि कार्तिक २५ गते गोली प्रहार भएको थियो। 

    प्रारम्भिक अनुसन्धानबाट, सिन्धुली र सर्लाहीको सिमानास्थित झप्सीमा लुकेर बसेका लुटेराहरूले बोम्जनलाई लुट्ने उद्देश्यले कट्टा पेस्तोलबाट गोली प्रहार गरेको पुष्टि भएको छ। सिन्धुली जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिल खड्काले, पक्राउ परेका ठाकुरसहित अन्य दुई जनाले मिलेर लुटपाटको उद्देश्यले यो घटना घटाएको बताए। ठाकुरले पनि लुटपाटकै उद्देश्यले गोली प्रहार गरेको स्वीकारेका छन्। 

    घटनामा घाइते भएका मकवानपुरको बकैया गाउँपालिका–३ स्थित बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक लाई उपचारका लागि काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरूले उनको दाँतमा अड्किएको गोली सफलतापूर्वक निकालेका छन्।