२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

९४ वर्षीया महिला दुबै खुट्टा बाँधिएको अवस्थामा मृत फेला

९४ वर्षीया महिला विष्णु कुमारी त्वयना आफ्नै घरको चौथो तलामा मृत अवस्थामा फेला परेकी छन्।



Dead
  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या १४४
  • भक्तपुर नगरपालिका वडा नम्बर–३ स्थित दरबार स्क्वायरमा ९४ वर्षीया महिला विष्णु कुमारी त्वयना आफ्नै घरको चौथो तलामा मृत अवस्थामा फेला परेकी छन्।

    जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेका अनुसार उनको दुबै खुट्टा बाँधिएको अवस्थामा शव भेटिएको छ, जसले हत्या भएको आशंका उत्पन्न गरेको छ। 

    यस घटनाको अनुसन्धानमा नेपाल प्रहरीको केनाइन कार्यालयबाट तालिमप्राप्त कुकुरको सहयोग लिइँदै छ। शवलाई पोस्टमार्टमको लागि भक्तपुरस्थित नेपाल मेडिकल कलेज, दुवाकोटमा पठाइएको छ। 

    प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ।