
आज शहरी विकास मन्त्रालयमा फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठक बसिरहेको छ।
बैठकमा शहरी विकास मन्त्री प्रकाशमान सिंह, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, प्रमुख सचिवहरू, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको छ। साथै, धादिङको धुनिबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष पनि उपस्थित छन्।
बैठकको प्रमुख एजेण्डामा बञ्चरेडाँडा ल्याण्डफिल साइटको वर्तमान अवस्थाबारे छलफल र समाधानका उपायहरूमा ध्यान केन्द्रित गरिएको छ। त्यसैगरी, काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापन समस्या समाधानका लागि भावी कार्यदिशा तय गर्न पनि छलफल भइरहेको छ। बैठकमा काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह भने अनुपस्थित छन्।
प्रतिक्रिया दिनुहोस