नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणका लागि स्टार स्पोर्ट्ससँग गरेको सम्झौताबारे विज्ञापन बोर्डले सात दिनभित्र जवाफ मागेको छ।
विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ अनुसार विदेशी च्यानलले क्लिन फिडमा मात्र प्रसारण गर्नुपर्ने कानुनी प्रावधान स्मरण गराउँदै बोर्डले क्यानलाई सम्झौता कानुनअनुसार भएको छ वा छैन भनी स्पष्ट गर्न भनेको हो।
सञ्चार क्षेत्रका तीन संस्थाले सम्झौतालाई अवैधानिक ठहर गर्दै विरोध जनाएपछि मंसिर ७ गते बोर्डले क्यानलाई पत्र लेखेको हो। जवाफका लागि खरिद सम्झौताको प्रमाणित प्रति समेत माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस